छाँया हस्पिटल प्रा.लि मा निःशुल्क सर्जिकल (अपरेसन)सहितको स्वास्थ्य शिबिर हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको छाँया हस्पिटल प्रा.लि ले निःशुल्क सर्जिकल (अपरेसन)सहितको स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ ।बिहिबार सन्धिखर्कमा पत्रकार सम्मेलन गदै संचालक दलबहादुर केसीले यस्तो जानकारी दिनुभएको हो ।शिविर तिन दिन सम्म संचालन हुने छ ।जसअन्तर्गत चैत्र ११,१२ र १३ हुने संचालन केसीले जानकारी दिनुभयो ।यो शिविरले आर्थिक अवस्था कमजोर भएर उपचारको लागि बुटवल सम्म जान नसकेका बिरामीलाई पनि सहज हुने जनाएको छ ।

बरिस्ठ मुटुरोग बिशेषज्ञ तथा अस्पताल का कार्यकारी निर्देशक डा.प्रदीपजंग केसीका अनुसार आफु बुटवल लगातका क्षेत्रमा सेवा प्रभा गर्दा सामन्य समस्या लिएर पनि बिरामी बुटवल जाने गरेकोमा आफुले ति सामन्य सेवा लिनको लागि धेरै खर्च गरेर बुटवल सम्म जान नपरेस भनेर जिल्लामै सेवा दिन आएको उहाँले बताउनुभयो ।छाँया हस्पिटलले उपचारका नयाँ नयाँ प्रवृधी समेत भित्राएको डा. केसी ले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै