अर्घाखाँचीमा चौथो प्रिमियर लिग (एपिएल) सम्पन्न, ईलाभेन ब्रदर्श डिभर्ना विजयी

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीमा चौथो प्रिमियर लिग (एपिएल) को प्रतियोगिता सम्पन्न भएको छ प्रतियोगिताको उपाधी ईलाभेन ब्रदर्स डिभर्नाले जितेको छ ।
अर्घाखाँची क्रिकेट संघको आयोजनामा सन्धिखर्कको टुडीखेलमा भएको फाइनल खेलमा रोयल सन्धिखर्कलाई ८७ रनले पराजित गर्दै ईलाभेन ब्रदर्श डिभर्ना विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिंग गरेको डिभर्नाले २० ओभरमा ८ विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । जबाफी ब्याटिंग गरेको सन्धिखर्कले पुरै विकेट गुमाउदै ८७ रनको फराकिलो अन्तरले हार व्यहोरेको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो । खेल जिते संगै डिभर्नाले नगद १लाख १ हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुनेले ५१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ संचालन गरिएको प्रतियोगितामा ४ वटा टिमको सहभागीता रहको थियो। प्रतियोगितामा पुष्प वारीयर्स, रोयल सन्धिखर्क, रोयल खाँचीकोट भगवति र इलाभेन ब्रदर्श डिभर्ना टिमको सहभागीता रहेको थियो ।
यस्तै १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीका सदस्य उत्तम थापा मगरलाई गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्कमा स्वागत गरिएको छ । अर्घाखाँची क्रिकेट सङ्घको आयोजनामा स्थानीय युवाहरूले बाइक ¥यालीसहित बजार परिक्रमा गराएर मगरको सम्मान गरेका हुन् ।
केही दिनअघि मात्रै यो टोलीले यूएईलाई हराउँदै १९ वर्षमुनिको विश्व कपमा स्थान पक्का गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै