२९ फागुन, गुल्मी । गुल्मीमा अनौठो बच्चा जन्मिएको छ ।
जिल्लाको ईस्मा गाउँपालिका–३, तोरिपाटा गोडखोलाका राज कुमार नेपालीकी श्रीमती २७ वर्षीय गोमा नेपालीले आँखा नभएको तथा शरीरमा रातो छाला भएको छोरी जन्माएकी हुन् । नेपालीले शनिवार घरमै उक्त शिशुलाई जन्म दिएकी हुन्।
दुबै आँखाको असाधरण निशान मात्रै छ , आँखाको नानी छैन । त्यसको ठाउँमा दुबैतिर रगतको फोका जस्तो देखिने आकृति छ । नाकको पनि निशाना मात्रै छ । डाँडी उठेको छैन दवेको छ । हातखुट्टा पनि आम शिशुको भन्दा असमान्य छ । औला कतै छुट्टीएका छैन । शरिरको छाला पनि डरलाग्दो छ । दिशा पिशाव हुन्छ । छोरी जातिकी शिशु च्वाँच्वाँ रोईरहेन पनि गर्छिन ।

अनौठो बच्चा जन्मिएपछि यतिबेला गाउँले र छरछिमेकी समेत अचम्ममा परेका छन् । उनलाई हेर्नका लागि घरमा मान्छेहरु भिड हुने गरेको छ ।
चौथो सन्तानको रुपमा जन्मिएकी उनको तौल लिईएको छैन । स्वास्थ्य कर्मीले उनको थप उपचारका लागी सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेपनि आर्थिक अभावका कारण घरमै राखेका छन् ।
नेपाली परिवारले आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । चालकको काम गर्दै आएका राज कुमारले छोरीको उपचारमा सहयोग गरिदिन सबैसगं अनुरोध गरेका छन्।