आज राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज शपथ ग्रहण हुनुहुन्छ । राष्ट्रपतिको कार्यालय, शितल निवासले पौडेलको शपथका लागि आज दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ ।नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद पौडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रमको शपथको सम्पुर्ण तयारी सकिएको छ । नवनिर्वाचित राष्ट्रपति पौडललाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने छ ।यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी आज निजी निवास सर्ने कार्यतालिका छ ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेपछि आज शीतलनिवास छोड्ने भण्डारीको तयारी छ। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीका अनुसार आज भण्डारीले पद हस्तान्तरणसँगै निवास छोड्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै