ओखलढुङ्गाबाट काठमाण्डाैका लागि छुटेकाे बस सिन्धुलीमा दुर्घटना : पाँच जनाको ज्यान गयाे, २४ जना घाइते

काठमाण्डाै – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीकाे फिक्कल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । २४ जना घाइते भएका छन् । 

ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेकाे  बा २ ख ६५९६ नम्बरको बस आज बिहान ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हाे । प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले दुर्घटनामा दुई जना महिला, दुई जना पुरुष र एक जना बालककाे ज्यान गएकाे जानकारी दिनुभयाे । 

घाइतेहरुलाई खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताउनु भएकाे छ । 

दुर्घटनाको थप जानकारी आउन बाँकी रहेकाे उहाँले बताउनु भयाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै