पाल्पामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गयो

पाल्पा – पाल्पामा भएको टिपर दुर्घटनामा चालकको ज्यान गएको छ ।

माथागढी गाउँपालिका-६ झडेवा रहबास सडक खण्डमा बिहान भएको दुर्घटनामा रुपन्देही तिलोत्तमा ११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

लु २ ख ११९६ नम्बरको खाली टिपर दुर्घटनामा चालक गुरुङको घटनास्थलमै ज्यान गएको हो । टिपरमा रहेका माथागढी ७ झडेवाका ५० वर्षीय हुमबहादुर परियार घाइते हुनुभएको छ ।

उहाँलाई उपचारका लागि सदरमुकाम तानसेन पठाइएको प्रहरीले जनाएको  छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै