२६ फागुन, अर्घाखाँची । अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको चौथो संस्करणमा आज चौथो दिन रोयल सन्धिखर्क र पुष्प वारियर्स भिड्दै छन ।
सन्धिखर्क स्थित टुडीखेल मैदानमा जारी उक्त खेलमा रोयल सन्धिखर्कले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
रोयल खाँचीकोट भगवती, ईलेभेन ब्रदर्स डिभर्ना, पुष्प वारियर्स र रोयल सन्धिखर्क गरी चार टिमको सहभागीता रहेको उक्त प्रतियोगिता फागुन ३० गतेसम्म हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेष भट्टराईले जानकारी दिए ।