गुल्मीको रेसुङगा गाउँपालिकाको आयोजनामा वडास्तरीय ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवस सम्पन

फागुन २४। हिमाल भुसाल।
गुल्मीको रेसुङगा गाउँपालिकाको आयोजनामा वडास्तरीय ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रेसुङगा गाउँपालिका वडा नं ६ को कार्यलयमा लैङगिक समानता बलियो आधार सिर्जनात्मक प्रविधीमा महिला पहुँचको विस्तार भन्ने शिर्षकमा वक्तूत्वकला प्रतियोगिता सम्पन भएको छ । कार्यक्रममा प्रथम अतिथिको आसन ग्रहण वडाध्यक्ष गन बहादुर गुरुङले गर्नुभएको थियो । भने स्वागत मन्तब्य वडा सदस्य रामप्रसाद मरासिनी गर्र्नभएको थियो ।त्यस्तै विदयालयको तर्फबाट रिना पोख्रेल र सहकारीको तर्फबाट शान्ता पोख्रेलले मन्तब्य राख्नुभएको थियो । वक्तूत्वकलामा कूष्ण प्रसाद मरासिनी र भुवनेश्वर मरासिनीले मुल्याङकन गर्नुभएको थियो । त्यस्तै वक्तूत्वकलामा १२ जना महिलाका सहभागिता रहेको थियो । त्यस्तै प्रथम ,दितीय, तूतीय र सान्त्वना हुनेलाई प्रमापत्रका साथै नगद पुरस्कारले सम्मान गरिएको थियो । जसमध्ये अन्जली सेजवाल प्रथम, बुधकला मरासिनी दितीय, मनिका गुरुङ तूतीय र रसिता सोमै सान्त्वना भएका थिए । त्यस्तै महिला अधिकार सम्बन्धी सास्कूतिक कार्यक्रम वडा सचिव रामचन्द्र खनालको सन्चालनमा सम्पन भएको थियो । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै