प्रचण्डविरुद्धको रिटमा निवेदकको जिकिर : ‘तत्काल पक्राउ गरेर सजाय’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । १ माघ २०७६ मा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएका निवेदकहरू ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहित २८ जनाले रिट निवेदन दिएका हुन् ।

सो रिटमा बिहीबारका लागि पेसी तोकिएको छ । यो मुद्दामा निवेदकहरूले प्रचण्ड, प्रधानमन्त्री कार्यालय, गृह, रक्षा, कानुन मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएका छन् । रिट निवेदकहरूको माग जायज ठहरिएमा सर्वोच्च अदालतले केही आदेश दिनसक्छ । त्यसक्रममा ‘प्रचण्डविरुद्धको जाहेरी दर्ता गरी उनलाई पक्राउ गरी मुद्दाको अनुसन्धान अघि बढाउनू’ भन्ने हदसम्म आदेश दिनसक्ने भय माओवादी वृत्तमा छ ।

यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको रिटलाई गत शुक्रबार न्यायाधीशहरू ईश्वर खतिवडा र हरि फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो । सोहीअनुसार रिट दर्ता गरिएको हो । रिटमा प्रचण्ड कानुनभन्दा माथि नभएको स्मरण गराइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै