बुटवल । रुपन्देहीमा झारफुकको बहानामा कुटपिट गर्दा एक बालिकाको मृत्यु भएको छ ।जिल्लाको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षिय सिता ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने महिला सैनामैना १० बस्ने सोनिया रेश्मीलाई पक्राउ गरिएको छ। कुटपिटबाट घाइते भएकी सीताको शनिवार राति ज्यान गएको र राति नै दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।
बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका बिभिन्न सामग्रीहरु त्रिशुल, जग, रुद्राक्षको माला लगायत प्रहरीले नियन्त्रणमा लिएको छ ।सोनिकालाई ईलाका प्रहरी कार्यालय सालझण्डीमा राखी ज्यान सम्बन्धि कसुरमा ७ दिन म्याद थप भई थप अनुसन्धान भैरहेको जनाइएको छ ।