सुपादेउरालीमा कर्मचारी नियुक्ति मा व्यापक मनोमानी

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची को प्रसिद्व सुपादेउराली मन्दिरमा समितिमा छलफल बिना अध्यक्ष द्रारा आफू खुसी आफ्नो सहजताको लागि कर्मचारी नियुक्त गरेको व्यापक गुनासो आयको छ। जिल्लाकै प्रसिद्व सुपादेउराली मन्दिरमा समय समयमा विभिन्न काण्ड हरु सार्बजनिक हुनु कुनै नौलो बिषय चाहिँ होइन। न्याय र सत्यको प्रतीक मानिने सुपादेउराली संरक्षण समिती बाट यस्तो अमर्यादित हरकत गर्नु दु:खद पक्ष हो। 

प्राप्त जानकारी अनुसार त्यस मन्दिरमा तिन जना कर्माचरी र दैनिक अन्य तिन जना हरु हुने गर्छन बिना आबश्यक्ता को नियुक्ति गरेको पनि धारणा रहेको छ। यदि नियुक्ति गर्न परे पनि खुल्ला प्रतिस्पर्धा हुनुपर्नेमा त्यसो पनि भएको छैन। यदि कोहि अशक्त अपांग लाई प्राथमिकता दिई नियुक्ति गरिएको त्यसो पनि नभएको  गुनासो रहेको छ। सुपादेउराली जस्तो आम जनताको आस्था धर्म सस्क्रुती लगायत अन्य महत्त्व बोकेको शक्तिपिठमा यसरी नाङ्गो र खुला बिसङ्गती भित्राउन नैतिकता को आधारले पनि उचित देखिदैन। 

यति ठूलो धर्म संरक्षणको बिरासत बोकेको संरचना भित्र बरु समितिले यसको महत्त्व र झन यसलाई नैतिक र अनुशासन बनाउन पर्ने ठाउँमा यसरी यस्ता अबैध मान्यता नै नभयका व्यबहार हरुले झन यसको अस्तित्व र महिमामा आच आउदैन र? यस्ता कुरामा देउराली संरक्षण समिति बाट अपरिपक्व देखाउनु कदापि सामाजिक धार्मिक जिम्मेवारी होइन। अझ प्राप्त सुचना अनुसार अध्यक्षले आफ्नो झोक र सनक को भरमा नियुक्ति गरेको जानकारी आयको छ। यो समाचार सुचनाको भरमा तयार पारियको हो बृस्तित जानकारी आउन बाकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै