प्युठानमा जेसिबी र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्युठान। प्युठानको माण्डवि गाउपालिका -५ आपचौरमा भएको दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ । बाटोमा काम गरिरहेको जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चलाइरहेका ऐरावती -२ टिकुरी बस्ने अन्दाजी ४०/४५ वर्षका राम बहादुर थापा(गोपाल) रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडी बसिरहनुभएकी ऐरावती -२ कि वसन्ता भुसाल आचार्य घाइते हुनुभएको छ । भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

आपचौरमा बाटोको काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबि र बरौलाबाट भालुवाङ तर्फ आउदै गरेको लु२१प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल मिसन ग्रास रुट कार्यक्रमका लागि सरुमारानी -२ रानिबगरमा आयोजना भएको वडा स्तरिय कार्यक्रममा सहभागी हुन जाँदै हुनुहुन्थ्यो। दुर्घटनापछी कार्यक्रम स्थगित गरिएको एमाले सरुमारानी पालिका कमिटिका सचिबालय सदस्य जागेश्वर पोख्रेलले जानकारी दिनुभयो।kamanadaily

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै