अर्घाखाँचीमा चुनढुङ्गा बढी बोक्ने टिप्परहरु कार्बाहीमा परे

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीको चुनढुङ्गा खानीबाट टिप्परहरुले क्षमता भन्दा बढी चुनढुङ्गा बोक्ने टिप्परहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको छ ।
शितगंगा नगरपालिका वडा नम्बर ३ ठाडामा टिप्परहरुलाई चेकजाँच गर्दा क्षमता भन्दा बढी चुनढुङ्गा लिएका २२ वटा टिप्परहरुबाट बढी चुनढुङ्गा झार्न लगाईएको र पटक पटक सम्झाउदा समेत क्षमता भन्दा बढी लिई आएका १० वटा टिप्परहरुलाई कार्वाही स्वरुप दश हजार राजश्व संकलन गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मी जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै