काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टोली यूएईलाई हराएको छ । नेपालले यूएईलाई ७ रनले हराएको हो । योसँगै नेपाल १९ वर्षमुनिको विश्व कपमा पुगेको छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेको हो । यसअघि सन् २०१६ मा नेपालले उमेर समूहको विश्व कप खेलेको थियो । नेपालले जितको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भयो ।
नेपालका बलर दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपाललाई जित दिलाएका हुन् । युएईका इथान डी सोल्झाले सर्वाधिक ५० रन बनाए । त्यस्तै अर्यान्श शर्मा ३२ रन बनाए ।नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।
१९ वर्षमुनिको विश्व कप सन् २०२४ मा श्रीलङ्का हुँदैछ ।