लगातार चार खेल जितेको यू–१९ नेपाली टोली विश्वकप नजिक

काठमाण्डाै – लगातार चार खेल जितेको १९ वर्षमुनिको नेपाली क्रिकेट टोली विश्वकप नजिक पुगेको छ । आईसीसी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले अन्तिम खेल भोलि यूएईसँग खेल्नेछ ।

यो खेलमा यूएईलाई हराउन सके नेपाल ८ वर्षपछि विश्वकपमा पुग्नेछ । नेपालले हिजोको खेलमा मलेसियालाई १० विकेटले हराउँदै लगातार चौथो जित निकालेको हो । प्रतियोगितामा नेपालले मलेसियासहित सिंगापुर, कुवेत र हङकङलाई हरायो ।

त्यस्तै यूएई पनि हिजो कुवेतलाई ८ विकेटले हराउँदै चौथो जितका साथ शीर्षस्थानमा कायमै छ । समान ८ अंक भए पनि नेट रनरेटका कारण नेपाल दोस्रो स्थानमा छ । नेपाल र यूएईबीचको खेल भोलि यूएईको आजमानका रहेको इडेन गार्डेनमा हुनेछ । यो खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्नेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै