बागलुङमा भिरबाट लडेर बालिकाको मृत्यु

बागलुङमा एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ।

बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोटकी ८ वर्षीया प्रतिक्षा घर्ती मगरेको भिरबाट लडेर मृत्यु भएको हो।

उनी मंगलबार विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्।

मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले बताए।

उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्।

शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै