इटलीमा डुङ्गा दुर्घटना हुँदा एक शिशुसहित ५९ जनाको ज्यान गयो, ३० जना बेपत्ता

इटलीको दक्षिणी क्यालाब्रिया क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा एक शिशु र बालबालिकासहित ५९ जनाको ज्यान गएको छ । 

समुद्री आँधीका कारण डुङ्गा दुर्घटना भएको र दुर्घटनामा ५९ जना आप्रवासीको ज्यान गएको हो ।

दुर्घटनामा ३० जना हराइरहेका त्यहाँको आन्तरिक मन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ८० जनाको उद्धार गरिएको तटरक्षक बलले बताएका छन् ।

उद्धार गरिएका केहीको अवस्था गम्भीर छ । उद्धार गरिएका यात्रुले डुङ्गामा १ सय ५० जना रहेको बताए पनि डुङ्गामा झण्डै २ सय जना रहेका अनुमान गरिएको छ। टर्कीबाट आएका आप्रवासी चढेको डुङ्गा दुर्घटनामा परेको हो  । इटलीका राष्ट्रपति सर्जियो मेटरेलाका अनुसार डुङ्गामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका नागरिक थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै