अर्घाखाँचीमा १२ औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । ३ दिनसम्म हुने प्रतियोतिामा ६ वटा स्थानीय तहका बिद्यालयका ६ सय बिद्याथीहरु सहभागी छ ।
जिल्ला खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिताको एक कार्यक्रमकाविच पुर्वउपप्रधानमन्त्रि टोप बहादुर रायमाझीले उद्धघाटन गदै अर्घाखाँचीको खेलकुद क्षेत्रको बिकासको लागि सधै लागि पर्ने प्रतिबद्धता ब्यतm गनु भएको छ । उहाँले राजनितिक अस्थिरताको कारणले नगरपालिका र गाउँपालिकामा बन्दै गरेका खेल मैदानहरुलाई पुर्णता दिन लागि पर्ने बताउनु भयो ।

प्रतियोतिमा भलिबल, कवड्डी ,त्रिपलजम्प ,दौड, हाइजम्प, एथलेटिक लगायत १५ ओटा बिदामा खेलहुने जिल्ला खेलकुद बिकास समिति अर्घाखाँचीका अध्यक्ष बिष्णु क्षेत्रीले जानकारी दिए । जिल्लाबाट छनोट भएका खेलाडीहरु प्रदेश र केन्द्रमा प्रतिस्पर्धाका लागि जाने छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीबनाराण कोइराला , लुम्बिनी प्रदेश खेलकुद समितिका सदस्य सचिब जयप्रकाश भट्टराई ,प्रमुख जिल्ला अधिकारी मिना अर्याल,मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराइ, नेपाली कांग्रेसका जिल्ला सचिब कृष्ण खनाल ,नेकपा एमालेका जिल्ला सचिब तोज बहादुर रायमाझी , माओबादी केन्द्रका ठाकुर सौराग ,नेपाल पत्रकार महासघंका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल ,जिल्ला खेलकुद समितिका कोषध्यक्ष प्रेम थापा ,लगायतले मनतब्य राखेका थिए ।
कार्यक्रम खेलकुद समितिका कार्यालय प्रमुख जनक गैरेको संचालन र खेलकुद समितिका जिल्ला अध्यक्ष बिष्णु क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।
