सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु

१४ फागुन, बुटवल । बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ ।

सनिवार  राति करिब सवा ११ बजे लु८प ९०६८ नम्बरको मोटरसाइकलमा बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ जाँदै गरेका हितंगालाई विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको महाकाली यातायातको बसले बसपार्क नजिक ठक्कर दिएको थियो ।

बसको ठक्करपछि घाइते भएका हितंगाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

हितंगा एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत थिए ।

पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै  आएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै