यू-१९ विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई दियो ३ सय ४४ रनको लक्ष्य

काठमाण्डाै – आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको छ । यूएईको मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनायो ।

नेपालका देव खनाल र अर्जुन कुमालले कीर्तिमानी शतकीय पारी खेलेका छन् । कप्तान देव खनालले १ सय २५ रन र अर्जुन कुमालले १ सय ८ रन बनाए । देव र अर्जुनको करिअरको पहिलो शतक पनि हो । कुवेतका हेनरी थोमस र अर्श साहिल काज्मीले समान २/२ विकेट लिए । हैबेर अली र जय महेशकुमार मेहताले एक/एक विकेट लिए ।

कुवेतले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । कुवेत पहिलो खेलमा हङकङसँग पराजित भएको छ । नेपालले हिजोको खेलमा सिंगापुरलाई हराएको थियो । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई सहभागी छन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकपका लागि छनोट हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै