अब बैंकका ऋणीले लघुवित्तबाट ऋण नपाउने

काठमाडौँ — वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीबाट ऋण लिएका ऋणीले अब लघुवित्त वित्तीय संस्थाबाट ऋण नपाउने भएका छन् । धितो नभएका साना ऋणीलाई प्राथमिकता दिनकै लागि भन्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।। यसअघि यस्तो सीमा थिएन ।

यसअघि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले पनि लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था थियो । ‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन्,’ नयाँ निर्देशनमा भनिएको छ, ‘यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको यकीन गर्नु पर्नेछ ।’

यसपूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न राष्ट्र बैंकले सुविधा दिएको छ । साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने निर्देशन राष्ट्र बैंकले जारी गरेको छ ।

यसअघि प्रतिनिधिसभाको आजको बैठकमा लघुवित्त वित्तीय संस्थाका कारण न्यूनआय भएका वर्ग झन् प्रभावित बनेको भन्दै लघुवित्तलाई नियमन गर्न आवाज उठेको थियो।

बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्न र एउटा ऋणीले एउटा मात्र संस्थाबाट ऋण लिन पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। कान्तिपुरले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै