अर्घाखाँचीका विभिन्न ठाउँमा बृहत स्वास्थ्य कायक्रमहरु सम्पन्न

सन्धिखर्क ।अर्घाखाँची दिगो विकास केन्द्र काठमाडौंको आयोजना बृहत आखाँ तथा दाँत सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा आँखाको मोतिया बिन्दुको सल्यक्रिया तथा स्वास्थ्य चौकीहरुमा अक्सिजन कन्सेन्ट्रेटरहरू वितरण कार्यक्रमहरु भएका छन।

शिविरमा डा.जय बहादुर टन्डन र डा.मुक्तिराम श्रेष्ठको सक्रियतामा फाल्गुन ५ गते देखि ९ गते सम्म विभिन्न चरणमा आयोजना गरिएको थियो ।

आँखा र दाँतको स्वास्थ्य शिबिर छत्रदेव गाउँपालिकाको बलकोट स्वास्थ्य चौकी र मालारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकीमा फाल्गुण ५ र६ गते सम्पन्न गरिएको हो ।

यस कार्यक्रममा बल्कोट स्वास्थ्य चौकीमा ५सय जना बिरामीको आखाँ दात सम्बन्धी स्वास्थ्य उपचार सेवा र ३सय५० जनालाई चस्मा वितरण गरियको थियो भने हंसपुर स्वास्थ्य चौकीमा ४सय५० जना जना बिरामीहरुको आखाँ दांत स्वास्थ्य उपचार सेवा र २सय५० जनालाई चस्मा वितरण गरिएको हो ।

उपचारका लागि सन्धिखर्क, बुटवल तथा काठमाडौं जानुपर्ने बिरामीलाई लक्षीत गरेर ग्रामीण क्षेत्रमा शिविर आयोजना गर्दा पालिका बासीमा खुशी भएका थिए ।


कार्यक्रम अर्घाखाँची दिगो विकास केन्द्र काठमाडौँ र सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाण्डौ आयोजना तथा सहयोगमा भएको थियो ।त्यस्तै गाउँपालिका ,वडा कार्यालयबाट समन्वय, प्रचार प्रसार सहयोग भएको हो भने रोटरी क्लब महाराजगन्ज, रोटरी क्लब काष्ठमाण्डव, रोटरी क्लब न्यूयोर्क क्वीन्स र रेटरी क्लब साउथह्याम्पटन को सहकार्य तथा सहयोग रहेको थियो भने आधुनिक समाज डेन्टल केयर बुटवल ले दाँतको प्राबिधिक सहयोग गरेको हो ।

यस्तै अर्घाखाँची दिगो बिकास केन्द्र र ग्लोबल मेडिकल फाउन्डेसन– अस्ट्रेलिया को आर्थिक सहयोग तथा अर्घाखाँची दिगो विकास केन्द्रका अध्यक्ष डा. जय बाहदुर टन्डन र डा. मुक्तिराम श्रेष्ठको सक्रियतामा अर्घाखाँचीआखाँ उपचार केन्द्र सन्धिखर्क मा यहि फाल्गुण ७ र ८ गते दुइ दिन निशुल्क आखाँको मोतिया बिन्दुको सल्यक्रिया भएकोे छ ।

उक्त आखाँ शिविरमा १सय११ जना बिरामीहरुको सफलतापुर्बक आखाँको मोतिया बिन्दुको सल्यक्रिया सम्पन्न भएको हो ।आर्थिक अवस्था कमजोर भएर मोतिया बिन्दुको अपरेशन गराउन नसकेका बिरामीहरु यस कार्यक्रमबाट लाभान्वित भएका थियो ।

मोतिया बिन्दु भै पूर्ण रुपमा लामो समय सम्म दृष्टिबिहिन भै पूर्ण रुपमा अधो भै बसेका र ९४ बर्ष सम्मको सल्यक्रिया पछी आखाँले छर्लंग देख्दा खुशी भएकोमा यस्ता शिविर आगामी दिनमा लिउनको लागि पनि आग्रह गरेका थिए ।


कार्यक्रममा रोटरी क्लब महाराजगन्ज, रोटरी क्लब काठमाण्डव, रोटरी क्लब न्यु क्विन्स लेसमन्वयतथा सहयोग पुरायको भने अर्घाखाँची आखाँ उपचार केन्द्र प्राबिधिक सहयोग थियो । शिविरले नागरिकले प्रत्यक्ष सेवा लिदा खुशी भएका छन । आगामी दिनमा समेत आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसक्ने लाई थप शिविरको आयोजना गर्ने डा. जय बाहदुर टन्डनले बताउनु भयो ।

स्वास्थ्य चौकी सामान्य अक्सिजन कन्सेन्ट्रेटरहरू हस्तान्तरण कार्यक्रम
अर्घाखाँची दिगो विकास केन्द्रका अध्यक्ष डा. जय बहादुर टन्डन र डा. मुक्तिराम श्रेष्ठ लेमिति २०७९ फाल्गुण ७ र ८ गते सन्धिखर्क नगरपालिका वडा नम्बर ८ डिभर्ना स्वास्थ्य चौकी र भुमिकास्थान नगरपालिका ९ डेबा  सामुदायिक स्वास्थ्य इकाईमा अक्सिजन कन्सेन्ट्रेटरहरू हस्तान्तरण गर्नुभएको छ ।

यो सेवा बाट बन्चीत ग्रामीण भेगका नागरिक खुशी भएका छन्,। अक्सिजन अभावमा दम लगायतका बिरामी अकालमा मृत्यु हुने समस्या लाई हल गर्ने स्थानीय बासीको भनाइ छ ।कार्यक्रममा डा. जयटन्डन र डा. मुक्ति श्रेष्ठको सहभागीता रहको थियो ।ग्रामीण भेगका नागरिकले माग बमोजीमा अक्सिजन कन्सेन्ट्रेटरहरू हस्तान्तरण गरिएको बताउनुभयो ।आगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • दुःखी (20%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै