पाणिनिमा काँग्रेसका जनप्रतिनिधिद्वारा उपाध्यक्षकाे हरेक कार्यक्रम वहिष्कार अभियान

अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा विवाद चुलिदै गएको छ । करिब ४५ दिन अगाडि पाणिनि गाउँपालिका उपाध्यक्षले एक वडा अध्यक्षलाई तल्लो स्तरसम्म पुगेर आलोचना गरेपछि विवाद नमिलेसम्म उपाध्यक्षका हरेक कार्यक्रम वहिष्कार गर्ने अभियान सञ्चालन भएको छ । तर उपाध्यक्षले भने आफुले गरेका कुराहरू सहि भएको बताउँदै आएकी छिन् ।

पाणिनि(३ का वडा अध्यक्ष युवराज ज्ञवाली र गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलले गाउँपालिकामा छलफल गरेको विषयको रेकर्ड बाहिरिएपछि विवाद सृजना भएको हो । विवाद भएकै कारण पाणिनि गाउँपालिकाको गाउँसभा नहुने देखिएको छ ।

पाणिनि गाउँपालिकाको दुर्गाफाटमा महाशिवरात्रीका दिन पाणिनि पर्यटन समाजले गरेको कार्यक्रममा काँग्रेसबाट विजयी जनप्रतिनिधि उपस्थिति भएनन् । त्यतिमात्र होईन, पाणिनिमा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सहित वडामा उपाध्यक्ष पुग्दा पनि बहिष्कार गर्ने काँग्रेसका एक वडा अध्यक्षले बताए ।

तथानाम बोल्न पाईदैँन, जनताले निर्वाचन जिताएर पठाएका हुन, ५ वर्ष जनताका जनप्रतिनिधि हौँ, अनुशासनमा रहन सबै पर्छ, एक जनप्रतिनिधिले भने ।

उपाध्यक्षले आत्मलोतना नगर्दासम्म गाउँसभा सञ्चालन हुन सक्दैन, एक जनप्रतिनिधिले भने । उपाध्यक्ष आफुले गल्ति नगरेको भन्दै आएकी छन् ।हिन्दु खबर बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै