माघमा वैदेशिक रोजगारीमा जान ६४ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा धेरै

काठमाण्डौ –  गएको माघ महिनामा ६४ हजार भन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार, माघ महिनामा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान सरकारसँग श्रम स्वीकृति लिएका हुन् ।

यो सङ्ख्या पहिलो पटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार १२४ जना रहेको छ । जसमा ४ हजार २६६ जना महिला र ३४ हजार ८५८ जना पुरुष रहेको विभागले जनाएको छ । 

उनीहरू मध्ये सबैभन्दा धेरैले मलेसिया जानका लागि श्रम स्वीकृति लिएका छन् । मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार ७८३ जना रहेको छ । 

यस्तै खाडीको देश कतार जानका लागि १२ हजार ७०४ जनाले, साउदीका लागि १० हजार ५७६ जनाले, यूएईका लागि ९ हजार ७७० जनाले, कुवेतका लागि २ हजार ९ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् ।

साइप्रसका लागि ४१७ जनाले, क्रोएसियाका लागि ४७१ जनाले, जापानका लागि ८८२ जनाले, माल्टाका लागि २७० जनाले, पोल्याण्डका लागि ७२० जनाले, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि ८०४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै