सन्धिखर्क नगरपालिकामा राष्ट्रिपति रनिङ्गशिल्ड प्रयोगिता सुरु ।

रुद्रमणि भुसाल
फागुन ७ अर्घाखाँची ।
लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा शहरी बिकास मन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको खेलक्षेत्रको बिकासका लागि र खेलाडी उत्पादन गर्न जिल्ला ,प्रदेशस्तरका खेलकुदका गतिबिधि बढाउन आफुले पहल गर्ने प्रतिबद्धता ब्यतm गनु भएको छ ।
मन्त्रि आचार्यले खेल क्षेत्रको बिकासकालागि आफुले खेल मैदानमा खानेपानी , शौचालय ,भौतिक पुर्वाधारमा जोड दिने बताउनु भयो । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आयोजना गरेको सीन्धखर्क नगरपालिकाको ७ औँ नगरस्तरीय राष्ट्रिपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्रघाटन गदै मन्त्रि आचायले सबैपालिकामा खेलमैदानको काम प्रदेश सरकारको लागानीमा करिब निर्माणको अन्तिम चरणमा पुगेकाले ती खेलमैदानलाई चलायमान बनाउन स्थानिय सरकालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा अर्घाखाँचीकी प्रमुख जिल्ला अधिकारी मिना अर्याल , सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल , शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख मणिराम प्रराजुली ,सामाजिक बिकास समितिका संयोज नारायण खड्का , शिक्षकहरुको तर्फबाट जनज्योती माबिका प्रअ माधब आचार्य ,नेपाल पत्रकार महासघंका जिल्ला कोसाध्यक्ष रुद्रमणि भुसाल, जिल्ला खेलकुद समितिका प्रमुख जनक गैरे लगायतले मनतब्य राख्नु भएको थियो । उद्घाटनसत्र सन्धिखर्क नगरपाकिाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता र उपप्रमुख मिश्रा अचार्यको स्वागत मनतब्य र शिक्षा शाखा अधिकृत मञ्जु अचार्यको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै