दाङमा ग्यास लिक भएर बिस्फोट हुँदा २ जना घाइते

दाङको तुलसीपुरमा खाना पकाउने ग्यास लिक भई बिस्फोट हुँदा २ जना घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ को लहचौरास्थित कृषि बीऊ उत्पादन कम्पनीमा बिहीबार बिहान ११:४० बजे ग्यास लिक भई बिस्फोट भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले ग्यास लिक भई पड्किँदा खाना पकाउँदै गरेकी ५० वर्षीया कुसुम केसी र २९ वर्षीय आशिष खनाल घाइते भएका हुन्।

खनाल चितवनको भरतपुरका हुन्।

कुसुमको कम्मरमुनिका भाग जलन भएको छ। उनलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बाँके पठाइएको छ।

यस्तै खनालको हात र खुट्टामा जलन भएको छ। उनी चितवनमै उपचार गराउने भनेर त्यसतर्फ गएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै