लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नगरपालिका तथा गाउँपालिकाको कार्यसम्पादन मूल्यांकनमा ७५ प्रतिशत अंक ल्याउनेमा सन्धिखर्क नगरपालिका परेको छ । ११ सूचकका आधारमा प्रदेश र १७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा सन्धिखर्क नगरपालिकाले ७५ अंक पाएको छ ।
यस्तै अर्घाखाँचीको शितगंगा नगरपालिकाले ७१.१२ अंक पाएको छ । समग्र देशभरको कार्यसम्पादन मूल्यांकनमा नगरपालिका भन्दा गाउँपालिका अँगाडी देखिएपनि अर्घाखाँचीमा नगरपालिका अँगाडी देखिएको छ । ७० अंक कटाउने अर्घाखाँचीका दुई नगरपालिका परेका हुन् ।
सबैभन्दा राम्रो कार्यसम्पादन भएको महानगर भरतपुरले ७२.२२ अंक ल्याएको छ । उपमहानगरमा ७३.२४ अंकसहित बुटवल सबैभन्दा अगाडि छ भने नगरपालिकामा प्युठानले सबैभन्दा बढी ७७.२६ अंक ल्याएको छ । गाउँपालिकातर्फ भने बाँकेको नैरनापुर गाउँपालिकाले ७८.५१ अंक ल्याएर उत्कृष्ट भएको छ ।