गौरिशंकर बोडिङको बार्षिक खेलकुद तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा रहेको गौरिशंकर इङ्गिलस बोडिङको बार्षिक खेलकुद तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ ।उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमख कृष्णप्रसाद श्रेष्ठल बोडिङले शिक्षा क्षेत्रको गुणस्तर बनाएर नमुना योग्य बनाउन आग्रह गर्नुभयो ।

पछिल्लो समय शिक्षाको गुणस्तर कमजोर भएका कारण बसाइसराई समेत बढेकाले त्यसलाई रोकथामका लागि सबै क्षेत्रबाट लाग्ने समय आएको बताउनुभयो ।
बार्षिक खेलकुद तथा पुरस्कार बितरण कार्यक्रमा सन्धिखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्य , जिल्ला शिक्षा समन्वय प्रमुख मणिराम पराजुली , सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख मञ्जु आचार्य , अभिभावक सघंका अध्यक्ष कृष्ण प्रसाद खनाल , जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिष्णु क्षेत्री , पत्रकार महासघं जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम प्रेन्सिपल गणेश क्षेत्रीको स्वागत मन्तव्य , शिक्षक शिबलाल बेल्बासेको संचालन ।ब्यवस्थापन समितिका अध्यक्ष भेष बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रममा गतबर्ष प्रथम द्धितिय तृतिय र सान्तना हुने बिद्याथीलाई पुरस्कार समेत बितरण गरिएको थियो । कार्यक्रममा अभिभावक र बिद्याथीको सहभागिता रहेको थियो । भलिबल ,दौड, लगायतका खेल सुक्रबार सम्म चल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै