सन्धिखर्कको चुत्राबेशीमा फलफूल र एग्रोभेटपसलहरुको अनुगमन

रुद्रमणि भुसाल
फागुन २ अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका कृषि शाखाको अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा रहेका १७ वटा फलफूल र एग्रोभेटहरुको अनुगमन गरिएको छ । जसअन्तर्गत चुत्राबेशीको प्रगतिबजार ,भतिmटोला , र मसाल बजारमा रहेका १२ वटा फलफुल र ५ वटा एग्रोभेटपसलहरुमा अनुगमन गर्दा केहि दर्ता बिनै ब्यवसाय संचालन गरेको ,मुल्यसुची, होडिङ्गबोड नराखेको र म्याद नागेका बिउपलपनि बिक्रीबितरण गरेकोले जफत गरिएको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

smart


केही पसल ५ लाख देखी १२ लाख सम्म पुँजी भएका पसलले ५० हजार देखी एक लाख सम्म पुँजी देखाएकाले तिपसल लाई तत्कालको लागी पुँजी सुधारको लागि समय दिएको सोहि समय अवधीभरमा सुधार नगरेमा कानुन अनुसार कार्वाही गरिने सन्धिखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यले जानकारी दिनुभयो ।

smart
smart


जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका शाखा अधिकृत सरोज भुसालले निरन्तर आग्रह गर्दा पनि अधिकाश फलफुलपसलहरुले दर्ताबिनै पसल संचालन गरेकाले एकहप्ताभित्र घरेलु र वडा कर्यालयमा गई दर्ता गर्न आग्रह गनुभयो ।
अनुगमनमा सन्धिखर्क नगरपालिकाका लेखा शाखा प्रमुख नबराज गौतम जिल्ला प्रहरी कार्यालयका श्याम कुमार श्रीष ,पशु शाखाका नारायण खनाल ,चेमबरअफ कमसका कोषाध्यक्ष राजकुमार श्रेष्ठ ,नेपाल पत्रकार महासघंका कोषाध्यक्ष रुद्रमणि भुसाल , फलफूल ब्यवसायी संघका रामहरी घिमिरे,कर्मचारी सरिता घिमिरे लगायतकोसहभागिता रहेको थियो ।

(((((((((((((

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै