विजय रेग्मी,गुडगाँव।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर – ७ बाम्रुकका २० बर्षिय युवाको भारत राज्यको गुडगाँवमा सडक दुर्घटनामा परि निधन भएको छ।
मलारानी ७ निवासी मिना भूसालका कान्छा शुपुत्र शिद्वार्थ भुसालको माघ २८ गते अर्थात फेब्रुवरी ११ तारिख शनिवार साँझ करिव ९ :३० बजेको समयमा गुडगाँवसेक्टर ४६ झार्सा मा पछाडी बाट कारले ठक्कर दिँदा घटनास्थलमै मृ’त्यु हुन् पुगेको प्रहरी स्रोतले जनाएको छ। भूसालले एक्टिभा स्कुटी सडक को छेउमा रोकी बसिरहेको अवस्थामा पछाडी बाट तीव्र गतिमा आईरहेको कारले एक्कासि ठक्कर दिंदा मृ’त्यु भएको हो।
सडक दुर्घटनामा मृत्यु हुने सिद्वार्थ भूसाल ४/५ महिना अघि मात्र रोजगारीको शिलसिलामा भारत गएका थिए। उनले केहि महिना अघि देखि गुडगाँव सेक्टर ४६ झार्सा मा रहेको एक पंजावी ढावा मा खाना पुर्याउने काम गर्दै आईरहेको खबर प्राप्त भएको छ।
लामो समयदेखि मृतक सिदासका बुबा भिमबहादुर भुसाल भारतमै बेपत्ता भएको र बाथ, प्रेसर आदि रोगबाट ग्रस्त आमा मिनाकुमारी भुसालको उपचार एवं पालनपोषण समेतको समस्या टार्न उनी पढाइ छोडी रोजगारिको लागि केहि महिना अघि भारतमा गएर आमाको सहारा बनेका थिए । कारको टक्कर बाट गम्भीर घाइते भएका भुसालको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
मृतक सिद्वार्थ भुसालको गुडगाँव सेक्टर ३२ मा रहेको घाटमा अन्तिम दांहसंस्कार गरिएको छ। सिद्वार्थको घरमा ,निजकी आमा एक दाई र एक दिदि रहेका छन्।