सन्धिखर्कमा फलफूल र एग्रोभेटहरुको अनुगमन

रुद्रमणि भुसाल
माघ २९ अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका कृषि शाखाको अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा रहेका १५ वटा फलफूल र एग्रोभेटहरुको अनुगमन गरिएको छ । जसअन्तर्गत शान्ति बगैचा ,मिडिया चोक, पुरानोबैंक रोड्मा रहेका फलफुल र एग्रोभेटपसलहरुमा अनुगमन गर्दा दर्ता बिनै ब्यवसाय संचालन गरेको ,मुल्यसुची, होडिङ्गबोड नराखेको र सरसफाइ नगरिएकोले यी सबै काम एकहप्ता भित्र गर्न निर्देशन दिएको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

smart


अर्को तर्फ केही पसल १५लाख देखी २०लाख सम्म पुँजी भएका पसलले ५० हजार देखी एक लाख सम्म पुँजी देखाएकाले ति पसल लाई तत्कालको लागी पुँजी सुधारको लागि समय दिएको सोहि समय अवधीभरमा सुधार नगरेमा कानुन अनुसार कार्वाही गरिने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले बताउनु भयो ।

smart
smart
smart


अनुगमनमा कृषि ज्ञान केन्द्रका खुबिराम पोख्ररेल ,जिल्ला प्रशासन कार्यालयका टंक बहादुर खड्कासन्धिखर्क नगरपालिकाका बाल बहादुर जिसी , जिल्ला प्रहरी कार्यालयका श्याम कुमार श्रीष ,पशु शाखाका बुद्धिराम गौतम , ,उद्योग बाणिज्य संघ अर्घाखाँचीका रुद्रप्रसाद श्रेष्ठ , नेपाल पत्रकार महासघंका कोषाध्यक्ष रुद्रमणि भुसाल , फलफूल ब्यवसायी संघका रामहरी घिमिरे,कर्मचारी सरिता घिमिरे लगायतको सहभागिता रहेको थियो ।

smart
smart
smart
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै