अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु,दुई घाईते

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका ८, पालिमा शनिवार बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हँुदा सोही ठाउँका १८ वर्षिय हुम बहादुर कुमालको मृत्यु भएको छ । उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक २२ वर्षिय चाम बहादुर कुमाल र ३९ बर्षिय शंकर बहादुर कुमाल घाईते छन् । उनिहरूलाइ उपचारको लागि पाल्पा पठाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी कृष्ण प्रसाद घिमिरे जानकारी दिए ।

तल्लो पङगेनीबाट दाउरा लिन जाँदै गरेको ट्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजि १५० मिटर तल खसी दुर्घटना भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै