घनश्याम पौडेल
अर्घाखाँची, २८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले नेपाली जनताले दिर्घकालीन सरकारको अपेक्षा गरेको बताईन् । नेपालको आर्थिक समृद्धि, शुसासनका लागी स्थायीत्व दिने सरकार हुनुपर्ने बताईन् । देशलाई समृद्ध बनाउँनका लागी सबै राजनितिक दलहरु बिच सहकार्य गरेर अगाडी बढ्नुपर्ने विषयमा देशमा बहस भएको बताएकी छन् ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी श्रीपालीले अर्घाखाँची जिल्लाको विकास र समृद्धीका लागी प्रतिवद्ध भएर लाग्ने बताईन् ।
अर्घाखाँचीमा भएका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासका लागी जिल्लामा रहेको पर्यटकिय स्थलको सुचिकृत गरी वृहत योजना बनाएर अगाडी बढ्नुपर्ने बताईन । अर्घामा निर्माणाधिन अर्घा भगवती एयरपोर्टलाई सञ्चालन गर्नका लागी प्रतिवद्ध भएर लाग्ने बताउँने एयरपोर्टको काम सकेर नियमित उडानका लागी आफनै कार्यकालभित्र सम्पन्न गर्नेगरी लाग्ने बताईन । सुपादेउराली मन्दिरको पर्यटकिय क्षेत्रमा सुचिकृत नभएकाले सुचिकृत गरी पर्यटक भित्रयाउँन पहल गर्ने बताईन् ।
स्वास्थ्य, शिक्षाको विकासका लागी विषयविज्ञ मार्फत वृहत छलफल गरेर अगाडी बढ्ने बताईन् । खाँचीमा लगाएत जिल्लामा सञ्चालन हुन लागेका चुनढुंगाले वातावारणमा प्रभाव पारेको बताउँदै बन्द गर्नुपर्ने बताईन् ।
कार्यक्रम नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता, सहसचिव हृदयकुमार भुसालको स्वागत र सचिव विनोद गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।