ट्र्याक्टरले किच्दा २२ वर्षीय युवकको मृत्यु

गुल्मीमा ट्र्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ।

जिल्लाको धुर्कोट गाउँपालिका–२ पिपलधारामा लु४त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पांग्राले किच्दा सोही ठाउँका २२ वर्षीय सुवास परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले जानकारी दिए।

परियार खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्र्याक्टरमा सवार थिए। दिउँसो साढे चार बजेतिर अचानक ट्र्याक्टरबाट खस्दा उनको मृत्यु भएको हो।

मृतक परियार लु ३ त ७४७१ नम्बरको ट्र्याक्टरका सहचालक हुन्।

दुर्घटना गराउने  ट्र्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको र शव पोस्टमर्टमका लागि गुल्मी अस्पताल पठाइएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै