अर्घाखाँचीमा भालुको आक्रमणबाट २ जना घाइते

शितगंगा। अर्घाखाँचीमाो भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घाइते हुनेमा शितगंगा नगरपालिका ७ का ५९ वर्षीय चोपबहादुर गाहा र ५० वर्षीय लालबहादुर राना छन् ।

खेतमा बस्तुभाउ चराउँदै गर्दा गाहा र रानालाई शुक्रबार दिउँसो भालुले आक्रमण गरेको थियो । घाइते दुवै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइँदै गरिएको छ ।

आक्रमण पछि स्थानीयले होहल्ला गर्दा भालु भागे पनि भालुकोएउटा बच्चालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै