दाङको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी

२७ माघ, दाङ । दाङको घोराही उपमहानगरपालिका-१७ स्थित चौघेरा गोरक्ष रत्ननाथ मठको रहेको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको छ ।

शुक्रबार बिहान करिब ४ बजे तिर  गुरुकुलमा अध्यन गर्ने बटुकको आवासमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

गुरुकुलको बटुक बस्ने आवासको कोठामा विद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

आगलागी भएको खबर पाए लगत्तै प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा बिहान करिब ५ बजे आगो नियन्त्रण लिएको गौतमले बताए ।

आगलागीबाट बटुकको पुस्तक खाद्यान्न लत्ता कपडा सम्पूर्ण जलेर नष्ट भएका छन् । गुरुकुलमा २५ जना बटुक आवासीय अध्ययन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै