अर्घाखाँचीले पायो पहिलो पटक जिल्लाको हितमा आवाज उठाउँने महिला सीडियो

समृद्व अर्घाखाँचीको कति धेरै चिन्ता ?अर्घाखाँची का नेतालाई भन्दा धेरै चिन्ता प्रमुख जिल्ला अधिकारि मिना अर्याललाई किन ?

कमला घिमिरे ,सन्धिखर्क। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को समापन कार्यक्रम मा आफ्नो मन्तव्य राख्दै नव आगन्तुक प्रमुख जिल्ला अधिकारि मिना अर्याल ले यस्तै प्रकारका मेला महोत्सव देश र जिल्लाको अर्थतन्त्र को स्तर उन्नतिको लागि भईरहनु पर्ने बताउँनु भएको छ। https://www.youtube.com/embed/1u8jeqE6O_s

 पाँचौं अर्घाखाँची महाेत्सवको १४ औँ दिन अर्थात् समापन कार्यक्रममा विशिष्ट अथितिको रुपमा सन्धिखर्क १ को कँडुंले फाँटमा उपस्थिति हुनु भएकी प्रमुख जिल्ला अधिकारि मिना अर्यालले राष्ट्रिय कलाकार हरु अर्घाखाँची महोत्सव मा आएर आफ्नो प्रस्तुति दिँदै गर्दा अर्घाखाँची को पहिचान राष्ट्रिय स्तरमै मात्र नभई वास्तवमै अन्तराष्ट्रिय स्तरमा चिरपरिचित र पहिचान बोकेको जिल्ला रहेछ भनेर आफुले महशुश गरेको आफ्नो मन्तव्य मा बताउँनु भएको छ। 

पाँचौं अर्घाखाँची महोत्सव जिल्लाको विकास को लागि भएको बताउँनु भएको छ। समृद्व अर्घाखाँची भन्ने नारा बोकेको अर्घखाँची, हामीले जे जसरि हुन्छ जिल्लालाई साच्चिकै समृद्व अर्घाखाँची तर्फ जानु पर्ने बताउँनु भयो। 

प्रमुख जिल्ला अधिकारि मिना अर्याल ले मन्तव्यकै  क्रममा लुम्बिनी क्षेत्रमा आउँने आन्तरिक,तथा बाह्य पर्यटकहरुलाई अर्घाखाँचीमा घुमेरै जाने बनाउँ जस्तै – नरपानीको पहाड को खोँच मा रहेको प्रसिद्व धार्मिक स्थल ,सुपादेउरालि मन्दिर ,अर्घा भगवती मन्दिर ,पाणिनी तोपभुमि ,लगायत का धार्मिक संरक्षण प्रबर्दन को व्यापक प्रचारप्रसार गरि पर्यटक हरु लाई जिल्ला भित्र्याउँ र अर्घाखाँचीको अर्थतन्त्र अर्थात आर्थिक क्षेत्रमा थप टेवा पुर्याउँनु पर्ने बताउँनु भएको छ। 

साथै प्रमुख जिल्ला अधिकारि मिना अर्याल ले आगामी बर्षमा लाग्ने महोत्सवमा जिल्लाकै कृषि उत्पादनमा एकदमै जोड दिनु पर्ने बताउँनु भएको छ। अबका दिनमा महोत्सवमा लाग्ने ठुला -ठुला स्टल हरुमा अर्घाखाँची कै उत्पादन सहितका बिभिन्न कृषिका उत्पादनहरु देख्न पाउँ जिल्लाकै उत्पादन लाई पहिलो प्राथमिकता दिनु पर्ने एकदमै जिल्लावासीको सकारात्मक पक्षमा आफ्नो मनतव्य राख्नु भएको छ। 

 प्रमुख जिल्ला अधिकारि अर्याले ले कृषक हरुको मेहनत र उहाँहरुले गर्नु भएको उत्पादनलाइ बजारीकरण गरेर कृषक हरु लाई मनग्य आम्दानि हुने र कृषक हरु कृषि क्रान्ति प्रति अझै आकर्षित हुने र कृषक हरुलाई लाभ हुँने गरि हामीहरु लाग्नुपर्ने बताउँनु भएको छ। 

उहाँले स्थानीय स्रोत साधन मा आधारित घरेलु उधोग हरुलाई प्रोत्सहान गर्नु पर्ने बताउँनु भएको छ। साथै  प्रमुख जिल्ला अधिकारि अर्याले ले हामीहरुमा काम गर्ने केहि गर्छु है भन्ने मनाश्य को विकास गर्नु पर्ने बताउँनु भएको छ। 

साथै समृद्व अर्घाखाँची का लागी सुरक्षा निकाय बाट हुनुपर्ने साथ् र सहयोग कहिल्यै पनि कमि महशुश हुँन न दिने प्रतिबद्वता जायर गर्नु भएको छ। जिल्लाका हितका लागि हुने कुनै पनि कार्यक्रम मेला महोत्सव मा हामि सबैले हातो मालो गरेर भव्य र सभ्य रुपमा सफल पार्नुपर्ने हामीहरुको जिम्वेवारी रहेको मनतव्य मा बताउँनु भएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै