नेत्र मरासिनी
अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा चेतना फैलाउन सडक नाटक थालीएको छ ।
बाल विवाह न्यूनीकरण ,घरेलु तथा लैङ्गिक हिंसा, जातीय छुवाछुत विरुद्ध सचेतनाका लागी नगरभित्रका माध्यमिक बिद्यालय तथा मुख्य बजार क्षेत्रका १५ स्थानमा सडक नाटक प्रदर्शन गर्न लागीएको नगरप्रमुख झबिलाल थापाले जानकारी दिनुभयो ।
नगरपालीकामा बाल विवाह ,घरेलु तथा लैङ्गिक हिंसा, जातीय छुवाछुत कायमै रहेकोले सडक नाटकका माध्यमबाट चेतना फैलाउन यस्तो कार्य गर्न लागेको उहाले बताउनुभयो ।

भुमिकास्थान नगरपालिकाको सभाहलमा सडक नाटकको डेमो प्रदर्शन गरी कार्यक्रमको सुरुवात गरीएको हो । नगरपालीका भौतिक विकासले मात्र पुणर् नहुने हुदा मानिसको चेतनाको विकास अपरीहार्य रहेकोले सडक नाटकको माध्यमबाट चेतना फैलाउन खोजिएको प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेलले जानकारी दिनुभयो ।
आधुनिक प्रविधिको प्रयोगले ओझेलमा पर्दै गएको सडक नाटकको प्रवर्धन र यसले प्रदान गर्ने सन्देश आम समुदायको वास्तबिकता संग मेलखाने भएकाले सचेतनाका लागी सडक नाटक सान्दर्भिक हुने प्रशासकिय अधिकृत नारायण पोख्रेलको भनाईरहेको छ ।