पुजा कुँवर । पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को १४ औँ दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि रमेश राज भट्टराई लगायतका कलाकार हरु आउँने भएका छन्।
कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते भव्य रुपमा उद्घाटन भएको हो।महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले गरेका थिए।
महोत्सव आयोजक समुहले अर्घाखाँची बुलेटिन लाई दिएको प्राप्त खबर अनुसार पाँचौं अर्घाखाँची महोत्सव माघ २५ गते सम्म सुचारु हुने बुझिएको छ।
शुरुवाती दिनमा दर्शक हरुको फितलो उपस्थिति रहेता पनि पछिल्लो दिनहरु मा दर्शकहरुको उपस्थिति खचाखच रहने गरेको छ।