रुपन्देहीमा ट्रकमा कार ठाेक्किँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

रुपन्देही – रुपन्देहीमा गएराति राेकिराखेकाे ट्रकमा कार ठाेक्किँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा तनहुँको भिमाद नगरपालिका-५ का २१ वर्षीय हरिश तिवारीको ज्यान गएको प्रहरीले जनाएको छ । 

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ का ३९ वर्षीय वासु घिमिरे र त्यही ठाउँका १६ वर्षीय दिपेश घिमिरे घाइते हुनुभएको छ । घाइतेको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवलबाट भैरहवाका लागि छुटेको लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको कार अञ्चलपुरको सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा ठोक्किएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाएका तिवारी बसका सहचालक रहेका प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै