पाँचौं अर्घाखाँची महाेत्सवको तेह्रौँ दिन चर्चित गायिका ज्योति मगर र प्रीति आले मगरको बेजोड प्रस्तुति रहने

रमेश थापा ,सन्धिखर्क।पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को तेह्रौँ  दिनमा सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायिका ज्योति मगर आउने भएकी छिन। 

माघ २१ गते शनिवार को दिन आउँने भनिएकी चर्चित लोकदोहोरी गायिका ज्योति मगर भोलि अर्थात माघ २३ गते सोमवार अर्घाखाँची महोत्वमा आउँने भएकी हुन्। सोमबार अर्थात महोत्सव को तेह्रौँ दिनमा गायिका ज्योति मगर आउँने पक्का रहेको महोत्सव सचिवालय समिति ले अर्घाखाँचीबुलेटिन लाई जानकारी गराएको छ। 

चर्चित गायिका ज्योति मगर संग अर्की ब्याटल तथा लोकदोहोरि गायिका राष्ट्रिय ख्याति प्राप्त कलाकार प्रीति आले मगर पनि आउँने भएकी छिन। भोलि कूँडुंले फाँटंमामा चर्चित गायिका हरु संग दर्शक हरुले छुट्टै खालको मनोरंजन लिने आयोज समुहले अनुमान लगाएको छ। 

गायिका ज्योति मगरलाई  सहभागी हुने सांगीतिक कार्यक्रमलाई अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थाले बहिष्कार गरेका छन् । अर्घाखाँची महोत्सवमा गायिका मगरले प्रस्तुति दिने भनिएको कार्यक्रममा आफूहरुले सहभागिता नजनाउने निर्णय गरेको उनीहरुद्वारा जारी संयुक्त वक्तव्यमा उल्लेख गरेको छ।

यो पनि पढ्नुहोस 

काठमाडौं । गायिका ज्योति मगर सहभागी हुने सांगीतिक कार्यक्रमलाई अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थाले बहिष्कार गरेका छन् । अर्घाखाँची महोत्सवमा गायिका मगरले प्रस्तुति दिने भनिएको कार्यक्रममा आफूहरुले सहभागिता नजनाउने निर्णय गरेको उनीहरुद्वारा जारी संयुक्त वक्तव्यमा उल्लेख छ ।

नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोध गर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली मौलिक पहिरनमा सुसज्जित भएर प्रस्तुत हुन पनि उनीहरुले आग्रह गरेका छन् । मेला महोत्सव र सांस्कृतिक कार्यक्रममा मगरले गाउने गीत र नृत्यले नेपाली मौलिक कला संस्कृतिको पक्षमा सुखद सन्देश दिन नसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसरी विज्ञप्ति जारी गर्नेहरुमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा, लुम्बिनी वाङमय प्रतिष्ठान, लोकवार्ता परिषद्, सांस्कृतिक संरक्षण मञ्च, नेपाल सांस्कृतिक संघ, राष्ट्रिय जनसांस्कृतिक महासंघ, जनसांस्कृतिक महासंघ नेपाल, रक्त जनसांस्कृतिक अभियान, अर्घाखाँची सांस्कृतिक परिवार र लोकसंस्कृति संरक्षण अभियन्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै