सन्धिखर्क-गोरुसिंगे सडकमा अड्किएको अर्घाखाँचीको ईज्जत

सडकको अवस्था देखेर राष्ट्रियस्तरका कलाकारले नै गरे खिसी

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । माघ १८ गते ‘पाँचौ अर्घाखाँची महोत्सव’ मा प्रस्तुती दिने पालो थियो बहुचर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनीको । उनी स्टेजमा उक्लिन नभ्याउँदै सन्धिखर्क-गोरुसिंगे सडकको चित्रण गर्न थाले । सडकको दुर्दशाको चर्चा गर्दै उनले अर्घाखाँचीबाट सांसद जितेका टोप बहादुर रायमाझीलाई सम्झीए ।

उनले अर्घाखाँची आउँदा निकै कष्टकर यात्रा गर्नुपरेको बताउँदै सन्धिखर्क-गोरुसिंङ्गे सडकको अवस्था चित्रण गरे । बर्षौंदेखी आफुले यो सडक हुँदै हिंडेको तर सडकको हालत सँधै उस्तै रहेको बताए । डरलाग्दो र कष्टकर यात्रा गर्न बाध्य भएको उनले सुनाए ।

उनले भने,‘यहाँका सांसद टोप बहादुर रायमाझी यहाँ भईदिएको भए मलाई सोध्न मन थियो । सन्धिखर्क-गोरुसिंङ्गे हुँदै सुपादेउराली मन्दिर, सन्धिखर्क आउने सडक कहिले बन्ने हो ? दसौं बर्ष भयो सडक उस्तै धराप देख्छु । निकै डर लाग्दो र कष्टकर यात्रा गर्न बाध्य कहिले सम्म हुने हो ।’

माघ २० गते अर्घाखाँची कै चेली चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछानेले पनि अर्घाखाँची आउने मुख्य सडकको अवस्था बारे बोलिन् । साँघुरो सडक र डरलाग्दो घुम्तीहरु छिचोलेर यात्रा गर्न बाध्य भएको उनले सुनाईन् ।

कसैको नाम नलिएपनि उनले जनप्रतिनिधी प्रती इंकित गर्दै सडक बनाउनु पर्ने आवाज उठाईन् । ‘फ्लाईटले नै ढिला गर्‍याे,भैरहवाबाट १२० को स्पिडमा आयौं,उनले भनिन्,‘हाम्रो सडक यती बिग्रेको छ कि, कती बेला के हुने हो थाहा हुन्न ।’

माघ २२ गते महोत्सवमा प्रस्तुती दिन आएका बहुचर्चित लोक तथा दोहोरी गायक पशुपती शर्माले सांसद टोप बहादुर रायमाझी कै अँगाडी दुखेसो पोखे । अन्य जिल्लामा सडकको अवस्था राम्रो भएपनि अर्घाखाँचीको मुख्य सडक सुध्रन नसकेको भन्दै ध्यानाकर्षण गराए ।

प्रतिनिधीसभा सांसद टोप बहादुर रायमाझी अहिले गृह जिल्ला अर्घाखाँची मै छन् । उनी स्टेजमै बसीरहेका बेला पशुपती शर्माले सडकको अवस्थासंगै नेताहरुलाई ‘लुट्न सके लुट’ भन्ने गितले व्यंग गर्न भ्याए ।

उनले भने-‘म धेरै जिल्ला घुमें, अन्य जिल्लामा सडक सुध्रेको पाएँ । सिंगल बाटो रैछ, डबल पनि छैन । घुम्तीहरुमा सारै डरलाग्दो छ । माननिय ज्यु यहीं हुनुहुन्छ, म सुपादेउराली लाई सम्झेर भन्छु, बाटो लाई स्तरोन्नती गर्नुहोला ।’

अर्घाखाँची महोत्सवमा आएका अन्य कलाकारले समेत सडकको जिर्ण अवस्था बारे बोलेका छन् । यसरी राष्ट्रिय कलाकारहरुले नै सडकको अवस्था बोल्नुपर्दा जिल्लाको नाजुक विकासको गतीलाई चित्रण गर्छ । जिल्लाको मुख्य र सर्वाधिक प्रयोग हुने सडकको दुर्दशामा बहुचर्चित कलाकारहरुले बोल्न र कोट्याउनु पर्दा यसले राष्ट्रियस्तर मै बहसको विषय बनाएको छ ।

अर्घाखाँची अझै विकासमा पछाडी छ, यहाँका संरचनाहरु जिर्ण छन् र जिल्ला भित्रने मुख्य सडक नै धरापमा छन् भन्ने संदेश जाँदा जिल्लाको ‘ईज्जत’ माथी नै प्रश्नचिह्न खडा भएको छ ।

सन्धिखर्क आउने मुख्य सडक नाजुक बन्दा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन् । कैयौं वर्षदेखी सडकको अवस्थामा सुधान आउन सकेको छैन । नरपानी देखी सन्धिखर्क सम्मको केही क्षेत्र कटान गरेर स्तरोन्नती गरिएपनी बर्खायाममा झन् सास्ती भएको यात्रुहरुको गुनासो छ ।

अर्घाखाँचीको ‘ईज्जत’ धान्ने सन्धिखर्क गोरुसिंगे सडकमा बहुचर्चित कलाकारहरुले नै टिप्पणी गरिसकेपछी सरोकारवालाहरुको ध्यानाकर्षण हुन्छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै