स्वस्थानी व्रत आज समापन

काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत आज समापन हुँदै छ ।

हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । माधवनारायणको व्रत बसेका व्रतालुले पनि बुधबार नै व्रत समापन गर्दैछन् ।

स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि काठमाडौंको शालीनदी, पशुपतिको गौरीघाट, भक्तपुरको हनुमानघाट लगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि निराहार रहेर स्वस्थानीको व्रत गर्दा मनोकांक्षा पूरा भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा बाचन गर्ने, सुन्ने र पूजाआजा गर्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै