नेपाली रञ्जित कुमारले ८२ करोडको भाग्यमानी चिठ्ठा प्राप्त गरे

काठमाण्डौं ।नेपालका रञ्जित कुमार पालले ८२ करोडको भाग्यमानी चिठ्ठा प्राप्त गरेका छन । केही वर्ष अघि तराई बाट कामको शिलशिलामा कतार गएका थिए र त्यहीँ इस्टर्न एक्सचेन्ज भन्ने कम्पनीमा कार्यरत छन्। उनका २ वटा छोरा छन्। रञ्जित विगत १५ महिना देखि यसरी चिठ्ठा किन्दै आएका थिए र अझै किनीरहने भनेका छन्।

उनले छिट्टै पैसा नेपाल पठाउने पनि भनेका छन्।युएईको अबुधाबी ड्रबाट उक्त चिठ्ठा प्राप्त गरेका हुन ।उक्त पुरस्कारका अतिरिक्त, दोस्रो पुरस्कार दश लाख दिराम, र तेस्रो पुरस्कार १ लाख र चौथो पुरस्कार ५० हजार घोषणा गरिएको छ । मार्च ३ मा हुने अर्को ड्रमा, एक भाग्यशाली विजेताले १ करोड ५० लाख दिराम पाउँनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै