कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा जिते झण्डै ८३ करोड रूपैयाँको चिट्ठा

काठमाण्डाै – कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा झण्डै ८३ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

रञ्जितकुमार पालले अबुधाबीमा बिग टिकट र्‍याफल ड्रको सिरिज २ सय ४८ मा ८२ करोड ७० लाख रुपैयाँभन्दा धेरैको चिट्ठा जितेका हुन् ।

पालले गएको जनवरी १६ मा यो चिट्ठा खरिद गरेका थिए । उनको चिट्ठा नम्बर २३२९३६ मार्फत् रकम जित्न सफल भएका हुन् । उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत थिए ।

रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताएका खलिज टाइम्सले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै