बद्री पङगेनीको टोपबहादुर लाई प्रश्न: सन्धिखर्क गोरुसिंङ्गे सडक कहिले सुध्रन्छ ?

अर्घाखाँची । सन्धिखर्कमा जारी पाँचौ अर्घाखाँची महोत्सवमा गायक बद्री पङगेनीले सांसद टोपबहादुर रायमाझीलाई प्रश्न गरेका छन् । उनले अर्घाखाँची आउँदा निकै कष्टकर यात्रा गर्नुपरेको बताउँदै सन्धिखर्क गोरुसिंङ्गे सडकको अवस्था चित्रण गरे ।

बर्षौंदेखी आफुले यो सडक हुँदै हिंडेको तर सडकको हालत सँधै उस्तै रहेको बताए । डरलाग्दो र कष्टकर यात्रा गर्न बाध्य भएको उनले सुनाए । उनले भने,‘यहाँका सांसद टोप बहादुर रायमाझी यहाँ भईदिएको भए मलाई सोध्न मन थियो । सन्धिखर्क गोरुसिंङ्गे हुँदै सुपादेउराली मन्दिर, सन्धिखर्क आउने सडक कहिले बन्ने हो ? दसौं बर्ष भयो सडक उस्तै धराप देख्छु । निकै डर लाग्दो र कष्टकर यात्रा गर्न बाध्य कहिले सम्म हुने हो ।’

सन्धिखर्क आउने मुख्य सडक नाजुक बन्दा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै