अर्घाखाँची महोत्सवमा बिहिवार आफ्नो प्रस्तुती दिन प्रकाश सपुत लगायतका कलाकार सन्धिखर्क आईसकेका छन्। माघ ११ गतेदेखी सुरु भएको मेलामा चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतले आज मनोरञ्जन दिने कार्यक्रम रहेको छ । साथै गायिका शिलु भट्टराई, गायक राम प्रसाद पौडेल लगायतले आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ ।
यस्तै चर्चित डान्सर ग्रुप एलिशा डान्स ग्रुपको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । लोक गायक तथा उद्घोषक दिपु मगर लगायतका कलाकारले समेत मनोरञ्जन दिंदै छन् ।