सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा लागू औषध मुद्दामा फरार अभियुक्त ५ बर्षपछि पक्राउ परेका छन् ।सन्धिखर्क नगरपालिका २ चुत्राबेशिका २९ बर्षिय मनोज अधिकारीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको जनाएको छ ।
गोप्य सूचनाको आधारमा सन्धिखर्कको एक होटलमा बसेको थाहा पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो।उनलाइ २०७४ चैत ६ गते जिल्ला अदालत अर्घाखाँचीले लागू औषध मुद्दामा दोषी ठहर गरेको थियो । जिसी भागी फरार रहेकोमा पक्राउ गरि कैद भुक्तानको लागि कारागार चलान गरिएको सुचना अधिकारी घिमिरेको भनाइ छ ।