सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घादरबार परिसरमा भगवती देवीको मुर्ति निर्माण भएपछि आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।बाइसेचौबिसे राज्यको समयमा राजकाज चलाउने स्थानबाट चिनिएको ठाँउ पनि हो । यसलाई एसियाकै ठूलो भगवतीको मूर्ति भनिएको छ।
यहाँ महाकाली मन्दिर र दरबार रहेका छन् । यसको बेग्लै महत्त्व छ । चौबिसे राज्य अन्तर्गत अर्घाराज्य र खाँची राज्य थिए । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा भागिएको इतिहास छ । त्यतिबेला अर्घा र खाँचीका राजा मिलेर अर्घाखाँची बनेको हो । दुवै राजाले खर्कमा सन्धि गरेकाले सदरमुकामको नाम सन्धिखर्क रहन गएको इतिहास रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।