इरानमा सडकमा नाचेको एक जोडीलाई १० वर्षको जेल सजाय

इरानमा सडकमा नाचेको एक जोडीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । उमेरले २० वर्षमाथिको जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण जेल सजाय सुनाइएको हो ।

सार्वजनिक भएको भिडिओमा उनीहरू तेहरानको फ्रीडम टावर अगाडि नाचिरहेको देखिन्छ । झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत् भिडिओ सेयर गरेपछि उनीहरू पक्राउ परेका थिए । इरान सरकारले महिलालाई पुरुषसँग नाच्न अनुमति दिएको छैन ।

२१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार तथा दुष्प्रचार गरेको, राष्ट्रिय सुरक्षाविरुद्ध लागेको अभियोगमा दोषी ठहर गरिएको बीबीसीले जनाएको छ । गएको वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा ज्यान गएपछि इरानमा सरकारविरोधी प्रदर्शन भएको थियो । तर यो जोडीको नाच विरोधसँग नजोडिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै